दफा १०
तलासी लिने
(१) दफा ९ बमोजिम कुनै व्यक्तिलाई कारागारमा राखको लागि पठाइएकोमा निजलाई कारागारभित्र प्रवेश गराउनुपूर्व सुरक्षा प्रयोजनको लागि खटिएको सुरक्षाकर्मीबाट निजको शरीर तलासी लिनु पर्नेछ। यसरी तलासी लिँदा महिलाको हकमा महिला सुरक्षाकर्मीबाट तलासी लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम तलासी लिँदा निजसँग भएको क्यामरा, मोबाइल फोन, सिमकार्ड, वैयक्तिक कम्प्यूटर, ल्यापटप, आइप्याड जस्ता सूचना प्रविधिका उपकरण वा नगद, सुन, चाँदी, जवाहिरात जस्ता मूल्यवान वस्तु निजको पति, पत्नी वा एकासगोलको परिवारको सदस्य तत्काल उपस्थित रहेको भए निजको रोहबरमा भरपाई गरी त्यस्तो व्यक्ति वा सदस्यलाई बुझाउनु पर्नेछ र त्यस्तो व्यक्ति तत्काल उपलव्ध नभएमा त्यस्तो वस्तुको विवरण दर्ता किताबमा राखी कारागार प्रशासकले त्यस्तो सामान कारागारमा सुरक्षितसाथ राख्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम तलासी लिँदा निजसँग कुनै हतियार, खरखजाना वा प्रचलित कानूनले निषेध गरेको कुनै वस्तु फेला परेमा त्यस्ता वस्तु जफत गरेर मात्र कारागारमा प्रवेश गर्न दिनु पर्नेछ: र त्यस्तो वस्तुका सम्बन्धमा आवश्यक कारबाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) वा (३) मा उल्लिखित वस्तु बाहेक बन्दीको उपयोगको लागि कारागारभित्र लैजान पाउने दैनिक व्यवहारको मालसामान निजको साथमा राख अनुमति दिइनेछ।